पर्सा । पर्सामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका-१४ पावरहाउस चोकस्थित सडकमा ना.३ ख ४६८८ नम्बरको ट्रकले ना.१९ प ८९६५ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१३ पिपरा बस्ने ३६ वर्षीय समसुल हक अंसारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




