गुल्मी । कृषि उपजबाट आम्दानी लिन धेरै मेहनत तथा कडा परिश्रम गर्नु पर्ने हुन्छ । तर कतिपय स्थानमा थोरै मेहनत गरे पनि प्रशस्त मात्रमा उत्पादन हुने कृषि उपजहरु पनि रहेका छन् ।
सुन्दा अच्चम र अनौठो लाग्ने गरी गुल्मीको मालिका गाउँपालिकाका किसानले वर्षौदेखी बारीमा आलु नरोपीकन पुरानै शैली तथा पुरानै बिउ विजनबाट मुरीका मुरी आलु फलाई रहेका छन् ।