पोखराको हेम्जामा आलु महोत्सव सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखराको हेम्जामा आलु महोत्सव सुरु

पोखरा, २२ चैत । पोखरा महानगरपालिका वडा नं. २५, हेम्जामा आलु महोत्सव सुरु भएको छ । सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक, परिकार अनेक’ भन्ने मुल नाराका साथ शुक्रबारबाट आलु महोत्सव शुरु भएको हो ।

महोत्सवको उद्घाटन भुमि सुधार तथा व्यवस्थापनमन्त्री लेखबहादुर थापाले गरे । महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता लगायतका प्रस्तुतिहरु रहेका छन् ।

हेम्जामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेम्जालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहने आयोजकले जानकारी दिएको छ । महोत्सवको ८० हजारदेखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);