असिम पौडेल,
कास्की । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको अचानक स्वास्थ्यमा समस्या देखा परेको छ ।
एक्कासी ब्लड प्रेसर बढेपछि मणिपाल शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा लगिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । संयोज बरालका अनुसार प्रेसरका कारण नसामा समस्या भएको छ ।
मेयर जिसीलाई उपचारको लागि केही समयमा मणिपाल शिक्षण अस्पताल देखि काठमाडौं लगिने जिसीका प्रेस संयोजक बरालले जानकारी दिएका छन्।