असार सकिँदा सम्म पर्वतमा जम्मा ४० प्रतिशत रोपाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

असार सकिँदा सम्म पर्वतमा जम्मा ४० प्रतिशत रोपाई

पर्वत । असारको अन्तीमसम्म पनि पर्वतमा आधा क्षेत्रफल रोपाई हुन सकेको छैन ।

लगातार परीरहेको वर्षा र आर्थिक वर्षको अन्त्य सम्म हुने असारे विकासका कारण सीचाई अवरुद्ध हुँदा पर्वतमा रोपाई हुन नसकेको हो।ठाउँ ठाउँमा गएको पहीरो र खेतीवालीमा आव जावतमा समस्या र नहर पुरीदा सिँचाईमा समस्या भएपनि किसानले खेत रोप्न नसकेको बताएका छन् ।

पर्वतमा असारको अन्तीम साता सम्म पनि कुल क्षेत्रफलको आधा भुभाग मात्रै रोपाई भएको छ ।साना खेतका गरा र भिरालो जमीनमा खेती गर्नु पर्ने भएका कारण पनि यान्त्रीकरणको प्रभावकारीता कम देखीउको छ ।

ग्रामीण भेगका किसानहरुले गोठे मल उपयोग गर्न पनि वस्तुभाउ गोरु पालेर हलो जोत्ने गरेका हुन अहीले कुल नौ हजार हेक्टर सिचाई युक्त जमीन रहेको पर्वतमा जम्मा ४० प्रतिशत मत्रै रोपाई भएको हो । कृषि ज्ञान केन्द्र पर्वतको विवरण अनुसार ८ हजार नौ सय हेक्टर जमीनमा धान खेती हुँदै आएको पर्वतमा मकै खेती पनि गरीने भएका कारण थन्काउँदा रोपाईमा डिलाई भएको हो ।

ज्ञान्द्र प्रमुख मनीता थापाले विगतका वर्षमा भन्दा यान्त्रीकरण विस्तारले श्रमशक्ती घटाएका कारण रोपाईको क्षेत्रफल विस्तार हुने बताईन । ज्ञान केन्द्र पर्वतले चालु वर्षमा मात्रै प्रधान मन्त्री कृषि आधुनीकीकरण कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको बजेट मार्फत करी साडे तीन सय मिनी टेलर हलो वितरण भएको जनाएको छ ।तर पनि दुर दराजका किसानको पहुँचमा कृषि यान्त्रीकीकरणको सहजता पुगेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);