पर्वतमा बढ्यो कांग्रेस महाधिवेशनको सरगर्मी, धमाधम उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पर्वतमा बढ्यो कांग्रेस महाधिवेशनको सरगर्मी, धमाधम उम्मेदवारी घोषणा

पर्वत । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्ला, क्षेत्र र प्रदेशको अधिवेशन भइरहेको छ । हिमाली जिल्लाको अधिवेशन सकेर बाँकी जिल्लाको चुनाव दशैं पछि गर्ने तयारी छ । उम्मेदवारहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । कसैले आन्तरिक रुपमा भोट मागिरहेका छन् ।

पर्वतमा पनि अधिवेशनको चटारो कांग्रेसीहरुलाई लागेको छ । जिल्लामा तीनवटै केन्द्रीय गुटको छाँया देखिने अवस्था छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गुटबाट जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), युवराज जोशी, गंगाधर तिवारी र विश्वप्रकाश प्रसाईंले दावी गरेका छन् । प्रसाईं जिल्ला सचिव हुन् भने मल्ल कोषाध्यक्ष हुन् । जोशी महाधिवेशन प्रतिनिधि र तिवारी महासमिति सदस्य हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महासमिति सदस्य खगेन्द्र तिवारी, बसन्तबहादुर सिके र हालका उपसभापति दुर्गाबहादुर खत्रीले उम्मेदवारी दिने बुझिएको छ । अर्का नेता कृष्णप्रसाद सिटौला समूहबाट भने नेविसंघका जिल्ला अध्यक्ष मिलन सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान सभापति खिमप्रसाद भुसालको पनि दोहोरिने चाहना बुझिएको छ ।

अहिले उम्मेदवार धेरै भए पनि अन्तिममा समूहगत एक/एक जना उम्मेदवार मात्रै बाँकी रहने बताइएको छ । पर्वतमा देउवा समूह बलियो देखिन्छ । केन्द्रीय सदस्य अर्जुन जोशीसहित पूराना नेता नवराज गुरुङ र हालका नेता कार्यकर्ताहरु पनि देउवा गुटमा खुलेका छन् । अन्य पदमा पनि उम्मेदवारी घोषणा भैरहेको कांग्रेस पर्वतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);