कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा

एजेन्सी । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान दुई क्वाटरफाइनल खेल सम्पन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।

जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० ले हरायो ।यही दुई टिम अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसअघि घरेलु टोलीब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ । २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो । विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।

जसमा समूह ‘ए’बाट अर्जेन्टिना मात्र सेमिफाइनल पुग्न सफल भएको छ । समूह ‘बी’ बाट ब्राजिलसँगै पेरु र कोलम्बिया सेमिफाइनल पुगेका हुन् ।अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४ बजेर ४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बिया बीचको खेल बुधबार बिहान ६ जेर ४५ बजे सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);