सम्माननीय प्रधानमन्त्री ज्यु विनम्रसँग सोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरियन्ट’? : प्रवक्ता शर्मा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

सम्माननीय प्रधानमन्त्री ज्यु विनम्रसँग सोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरियन्ट’? : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै एमालेले माओवादी केन्द्रसँग मिल्दा ठिक हुने तर कांग्रेसले कुरा मुद्दामा मिल्दा बेठिक हुने भन्दै प्रश्न गरेका छन् ।

सोमबार दिँउसो प्रधानमन्त्री ओलीले बालुवाटारमा मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवशरमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रचण्डपथमा लागेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएपछि कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो प्रश्न गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले कांग्रेस प्रचण्डपथमा हिँडेकाले नै कांग्रेसका नेताहरु नाथुराम गोड्से बन्न तयार भएको बताएका थिए । उनले कांग्रेस प्रचण्डपथमा हिंडेपछि न्यायलयमा समेत प्रचण्डपथको छायाँ देखिएको टिप्पणी गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई साथ छँदा आन्द्रा गाँस्ने अनि साथ छुटेपछि आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन् –‘प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्धामा मिल्दा बेठिक? साथ छंदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ?’ प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले एमाले नेता माधव कुमार नेपालप्रति गरेको टिप्पणी शोभनी मानौं कि दयनीय भन्दै आश्चर्य समेत प्रकट गरेका छन् । जन्मजयन्ती कार्यक्रममा बोल्दै नै ओलीले नेता नेपाललाई प्रचण्डको पुच्छर बनेको टिप्पणी गरेका थिए ।

उनले लेखेका छन्–‘‘अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननीय प्रधानमन्त्री विनम्रसँग सोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरियन्ट’?’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);