प्रतिगमन अन्त्य भो : जनार्दन शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रतिगमन अन्त्य भो : जनार्दन शर्मा

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् ।

सर्वाेच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनस्र्थापना, कांगे्रस सभापति देउवालाई प्रधाामन्त्री बनाउन परमादेश जारी गरेसँगै नेता शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै प्रतिगमन परास्त भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गएको जेठ ७ गते दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए । सो अघि गएको पुस ५ पनि उनले प्रतिनिधि सभा विघटन गरेका थिए । र सो निर्णयलाई पनि सर्वोच्च अदालतले बदर गर्दै गएको फागुन ११ गते पुनस्र्थापनाको आदेश दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);