केरमेट गरिएको गडबड कागजका आधारमा प्रधानमन्त्री बन्न पाइँदैन : महान्यायाधिवक्ता बडाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

केरमेट गरिएको गडबड कागजका आधारमा प्रधानमन्त्री बन्न पाइँदैन : महान्यायाधिवक्ता बडाल

काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ । सोमबार सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका हुन् ।महान्यायाधिवक्ता रमेश बडालले केरमेट गरिएको गडबड कागजका आधारमा प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान नरहेको बताए ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिवक्ताले गरेको बहसको जवाफ दिँदै महान्यायाधिवक्ता बडालले प्रधानमन्त्रीको दाबीमा देउवाले पेश गरेको कागज कृर्ते भएको भन्दै प्रधानमन्त्रीका लागि अमान्य भएको बताएका छन् ।

नाम र हस्ताक्षरमा केरमेट गरिएको र टिपेक्स लगाइएको उल्लेख गर्दै उनले भने ‘क्र.स. १–६१ सम्म कम्युटर टाइपिङ छ, ६२ बाट नाम टाइपिङ र क्र.स. हस्तलिखित देखिएकाले यस्लाई विश्वसनीय मान्न सकिन्छ भन्दै प्रश्न गरेका छन् ।

रिट निवेदक पक्षका अधिवक्ताले प्रधानमन्त्री नियुक्ति हुनुपर्ने कुरा मजाक हो भनेर प्रश्न गरेको स्मरण गराउदै वडालले मजाक कागज पेश गरेर प्रधानमन्त्रीको दावेदार गर्न नपाइने बताएका छन् । महान्यायाधिवक्ता रमेश वडालले नेपालको संविधानको धारा ७६(४) बमोजिम विश्वासको मत लिनुपर्ने अनिवार्यताबारे रिट निवेदक पक्षमै एकमत नभएको उल्लेख गरे ।

मंगलबार नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्नेछन् । पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);