भारतीय ज्यादती : सडक निर्माणमा नेपाललाई अवरोध, आफ्नो मनपरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

भारतीय ज्यादती : सडक निर्माणमा नेपाललाई अवरोध, आफ्नो मनपरी

बासुदेव बडु – पुष्कर भट्ट-किशोर तामाङ । छिमेकी मुलुक भारतले नेपाललाई हर किसीमको समस्यामा साथ दिने सहयोग गर्ने बताउँदै आए पनि भारत आफैले पनि नेपालका लागि समस्या सिर्जना गरिरहेको छ । भौगोलिक रुपमा ठूलो भएकै कारण भारतले नेपाललाई धेरै विषयहरुमा पेलेर नै लाने होडमा रहेको पनि भान गराउँछ । नेपालको लिपुलेकलाई भारतले आफ्नो भनी नयाँ नक्शा सार्वजनिक गरेपछि सतहमा आएको नेपाल भारत सीमा विवाद अझै निरन्तर नै रहेको छ ।

लगत्तै आफ्नो भूभागलाई आगटेर नेपालले पनि नयाँ नक्शा जारी ग-यो । तर भारतले अझै पनि त्यसस्थानमा आफ्नो कब्जा कायम राखेको छ । भारतले अतिक्रमित नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण ग¥यो । सीमा विवादका विषयमा छलफलका लागि नेपाली टोलीले भारतलाई पटक पटक पत्राचार गर्दा समेत भारतले कुनै चासो देखाएको देखिँदैन । नेपालको पत्रहरुलाई बेवास्ता गर्दै भारतले उल्टै आफ्नो ज्यादतीलाई कायम राखेको छ ।

एकातिर भारतले लिपुलेक हुँदै मानसरोवर पुग्ने सडक खण्ड विस्तारका क्रममा नेपालमा घोडेटो बाटो नै पुरिने गरी कार्य गरेको छ भने अर्को तिर नेपालले सीमा क्षेत्रमा रहेको आफ्नै भूभागमा निर्माण गर्न लागेको सडकमा समेत भारतीयले बेलाबेलामा अवरोध सिर्जना गरिरहेको छ । भारतीय ज्यादतीको पछिल्लो उदाहरण हो भारतले महाकारीपारी लिपुलेक हुँदै मानसरोवर जाने सडक विस्तारका लागि गरिएको विष्फोटका कारण महाकालीवारी नेपालतर्फ घोडेटो बाटो नै पुरिएको ।

भारतले सो सडक निर्माणका क्रममा विस्फोट गराउँदा खसेको चट्टानले नेपालको व्यास गाउँपालिका–२ मा व्यास गाउँपालिका पर्ने दुम्लिङ र कल्जु जोड्ने बाटो पुरिएको हो । बाटो पुरिएका कारण त्यहाँका स्थानीयलाई आवतजावतमा समस्या भएको छ । आफू ओहोर दोहोर गर्नु पर्ने सडक नै पुरिए पछि त्यहाँका नेपालीहरुको दैनिकी कष्टकर बनेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले उक्त पहिरो पन्छाउन तथा नेपालतर्फको छाङ्गरु र तिंकर जाने घोडेटो बाटो सुचारु गर्न भारत पिथौरागढका डि.एम.आनन्द स्वरुपलाई पत्राचार समेत ग¥यो ।

तर यहाँ पनि भारतले आफ्नो अटेरी प्रवृत्ति दोहो¥यो । अहिलेसम्म भारत पिथौरागढ प्रशासनबाट पहिरो पन्छाउन कुनै पहल नभएको दार्चलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिएका छन् । कल्जुको उक्त ठाउँमा आवतजावत गर्न तत्कालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न व्यास गाउँपालिकालाई पत्राचार गरिएको छ । उक्त वैकल्पिक बाटोबाट आवतजावतगर्दा २ घण्टाबढी समय लाग्ने गर्दछ । समय समयमा भारतले सडक निर्माणका क्रममा विस्पोटक पदार्थ प्रयोग गर्ने र ढुंगाहरु महाकाली नदीमा फाल्ने गर्दछ । जसले गर्दा दार्चुला तिंकर घोडेटो बाटो अवरुद्ध हुँदै आएको छ । यता कञ्चनपुरमा भने भारतले नेपालले आफ्नो भूभागमा निर्माण गरिरहेको सडकमा समेत अवरोध प¥याएको छ ।

भारतीय पक्षले कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको हो । गत बर्ष साउनमा फिल्मीशैलीमा तामझाम र फौजफक्कड ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले निर्माण भईरहेको हुलाकी सडक अवरोध गरेर फर्किएका थिए । यस बर्षपनि भारतीय पक्षले अवरोध गरेको सडक निर्माण कम्पनीले जनाएको छ । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले पटक पटक भारतीय पक्षबाट अनावश्यक बखेडा झिकेर नेपालको विकासमा अवरोध गर्दै आएकाले सरकारी स्तरबाट पहल हुनुपर्ने बताएका छन् ।

भारतीय पक्षले सो क्षेत्रमा रिफ्रेन्स पिल्लर ३८ लाई सीमा पिल्लर मानेर पटकपटक अनावश्यक विवाद झिक्दै आएको छ । बेलौरी नगरपालिका वडा न ८ का अध्यक्ष नन्द कुमार रानाले भारतीय पक्षबाट पटक पटक हुलाकी राजमार्ग निर्माणमा अवरोध हुँदै आएको बताए । अध्यक्ष रानाले नेपाल सरकारले बेलौरी नगरपालिका ८ पचुई स्थित १२ सय मिटर सडक निर्माणमा अवरोध हटाउँदै यथाशिघ्र सडक कालोपत्रे हुनुपर्ने बताएका छन् । गत बर्ष ग्राभिलिङ्ग गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । रिफ्रेन्स पिल्लर क्षेत्रको पूर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको स्थानीय हरिचन्द ठकुरी बताउँछन् ।

भारतको पटकपटकको अनावश्यक बखेडाका कारण स्थानीय पनि आक्रोशित बनेका छन् । भारतीय पक्षले जीपीएस नक्साका माध्यमबाट उक्त सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गर्दै आएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले भने सडक निर्माण कार्यमा अवरोध सिर्जना भए पनि द्विपक्षीय समन्वयमा काम अघि बढाईने बताउँछन् । त्यसैगरी कञ्चनपुर कै पुनर्वास नगरपालिकामा पनि नेपालमा भईरहेको सडक निर्माण कार्यमा भारतीय पक्षले अवरोध सिर्जना गर्दै आएको छ । पुनर्वासमा नगरपालिकामा स्थानिय सरकारको प्रधानमन्त्री स्वरोजगर कार्यक्रमअन्तर्गत वडाको बजेटबाट रिङ्ररोडको अवधारणा लिई बाटो निर्माण भईरहेको छ ।

दशगजा क्षेत्रभन्दा करिब १५–२० मिटरको दुरीमा नेपाली भुभाग भित्र बाटो निर्माण जारी छ । तर भारतीय एसएसबीले यहाँ पनि अवरोध गरेको छ । आफ्नो सुविधाका लागि आफ्नै सीमा क्षेत्रमा सडक बनाउन अवरोध गरेपछि यहाँका स्थानीय सीमावर्ती नेपालीहरू आक्रोशित बनेका छन् । भारतीयपक्षले नेपालभारत सीमा स्तम्भ नम्बर १०३ र १०४ नजिक दशगजामै पक्कीकार्यालय र दुधव नेशनलपार्क लालकुवामा एसएसबीको पक्की सैनिक क्याम्प बनाएको छ । तर नेपालमा आफ्नै भूमिमा बाटो निर्माण गर्दा भने भारतले हस्तक्षेप गरेको छ ।

केहीबर्ष अघि यसै क्षेत्रमा भारतीय दुधवा नेशनलपार्कबाट आउने जङ्गली जनावरबाट नेपालीको बालीनाली नोक्सानी गर्दै आएको थियो । यसबाट बच्न नेपाली भूमिमा बन्दै गरेको तारवारको बिषयमा पनि भारतीय एसएसबीको ज्यदाती नेपालीले खेप्नु परेको पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नारायण जैसीले बताए । अहिले शैलेश्वरी गण कञ्चनपुरको मातहतमा रहेको सशस्त्र बोर्डर आउट पोष्ट बिचफाँटाका इन्चार्ज प्रहरी निरीक्षक सुमन अधिकारीको टोलीले बिवाद मिलाई सशस्त्र प्रहरीको निगरानीमा बाटा ेनिर्माण कार्यलाई निरन्तरता दिईरहेको छ ।

तर भारतीयपक्षले भने काम रोकाउन दबाव दिइरहेको छ । बेलौरी नगरपालिकामा निर्माणधीन हुलाकी राजमार्गका विषयमा जस्तै यस सडकका विषयमा पनि प्रमुख जिल्ला अधिकारीले समन्वयबाट समस्इा समाधान गरी निर्माण कार्यलाई अघि बढाइने आश्वासन दिएका छन् । बाटो नेपाली भूमिमा निर्माण भईरहेको र कामले निरन्तरता पाउनेमा ढुक्क हुन जिल्ला प्रशासन कार्यालयले आश्वासन भने दिँदै आएको छ ।

यस्ता सीमा सम्बन्धी समस्याको समाधान दुई पक्षकाबीच छलफल र सहमतिमा कुटनितिक तबरले निराकरण हुनु आवश्यक छ । तर ऐतिहासिक दस्तावेज र प्रमाणलाई एकातिर पन्छाई बल मिच्याई गर्दै अगाडी बढ्न खोज्ने भारतको रबैया आपत्ति जनक छ । नेपालको सार्वभौमिकतामाथि नै प्रहार गर्ने श्रृखला चलि नै रहेको छ । यसतो अवस्थामा नेपाल सरकारबाट ठोस कदम लिइनु जरुरी छ । तर सरकार भने सत्ता समीकरण मै रुपलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);