अमेरिकी संसद भवनमा भएको हिंसात्मक आक्रमणकाे अनुसन्धानका लागि आयोग बनाउने प्रस्ताव रिपब्लिकनद्वारा अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

अमेरिकी संसद भवनमा भएको हिंसात्मक आक्रमणकाे अनुसन्धानका लागि आयोग बनाउने प्रस्ताव रिपब्लिकनद्वारा अस्वीकृत

एजेन्सी । अमेरिकाको माथिल्लो सदनले गत जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि आयोग गठन नहुँने भएको छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले भने अस्वीकृत गरेको छ।

अधिकांश रिपब्किलन सिनेटरले दुई पार्टीका सदस्य रहने विशेष अनुसन्धान आयोग गठन गर्ने प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।

सो प्रस्ताव पारित हुनका लागि फिलबस्टर नियम अन्तर्गत ६० सिनेटरको समर्थन चाहिन्थ्यो तर आयोगको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको समर्थन प्राप्त भएकाे छ ।

गत जनवरी ६ मा राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए । सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);