काठमाडौं । चीन सरकारले नेपालका लागि अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी हुँदै काठमाडौं आइपुगेको छ । शनिबार साँझ तातोपानी भन्सार कार्यालयमा सबै प्रक्रिया पुर्याएर काठमाडौं पठाइएका ३० मेट्रिक टन लिक्विड अक्सिजन आज बिहान काठमाडौं आइपुगेको हो ।
काठमाडौं आइपुगेका अक्सिजन आवश्यकता अनुसार अस्पतालहरुमा पठाइने बताइएको छ । ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी हुँदै काठमाडौं पठाएको हो ।
लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ ।
लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाउने तयारी गरेको छ ।