सेवा ग्राहीलाई कर्मचारीले निराश पार्न हुँदैन, अड्डाहरुमा घुसको लेनदेन हुँदा आमसर्वसाधरण निराश | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

सेवा ग्राहीलाई कर्मचारीले निराश पार्न हुँदैन, अड्डाहरुमा घुसको लेनदेन हुँदा आमसर्वसाधरण निराश

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्राडा कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताउनुभएको छ । उहाँले भूमि, मालपोत र नापी जस्ता क्षेत्रहरू आम सर्वसाधारणको मुख्य सरोकारको विषय भएकोले यी क्षेत्रमा सुशासन कायम गर्नसके सकारात्मक सन्देश जाने र राजश्व पनि वृद्धि हुने धारणा राख्नुभएको हो ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री इङ्नामले विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि एक रहेको बताउनुभयो । भूमि, मालपोत, नापीमा सर्वसाधरणको सरोकार भएको ठाउँ भएको र ती अड्डाहरुमा घुसको लेनदेन हुँदा आमसर्वसाधरण निराश बनिररहेको उहाँको भनँइ छ । उहाँले भूमि, मालपोत, नापीमा सुशासन कायम राख्न जरुरी रहेको बताउनुभयो  ।

मन्त्री इङ्नामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरको बारेमा पनि उल्लेख गर्दै यसले राजश्वमा करिव ५० अर्ब रुपैयाँको फरक पार्ने बताउनुभयो । मन्त्री इङ्नामकाअनुसार जग्गा खरिद विक्री गर्दा गर्ने रियल कारोबारको रकम र मालपोतमा गरिने कारोबारको रकम हेर्दा अधिकांश राजश्व छल्ने राजश्व मारा नै देखिएका छन् । उहाँका अनुसार भूमि मन्त्रालयले भर्खरै एउटा सर्कुलर जारी गरेको छ । त्यसले राजस्वमा ५० अर्ब वृद्धि हुनेछ । जग्गा खरिदविक्रीमा हुने राजश्व छलीको विषयमा बोल्दै मन्त्री इङ्नामले वडामा दर्ता भएको तमसुक (लिखत) लाई आधार मानेर राजश्व असुल गर्न निर्देशन दिइएको स्पष्ट पार्नुभयो । उक्त सर्कुलर अनुसार अब  यदि कुनै जग्गा खरिद विक्रीका लागि वडामा दर्ता गरेको तमसुकलाई आधार मानेर राजश्व असुल गर्न मालपोतसहितका सरोकारवाला  निकायहरुलाई निर्देशन दिइएको उहाँको भनाइ छ ।

मन्त्री इङ्नामले राज्यको उन्नति र प्रगतिका लागि कर्मचारीतन्त्रको इमानदारीता महत्वपूर्ण हुने बताउनुभयो । उहाँकाअनुसार यो राज्यमा बस्न लायक, भरोसा गर्न लायक कर्मचारी प्रशासनले नै गराउनुपर्छ । सेवाग्राहीप्रति कर्मचारीको व्यवहारमा समेत आमुल सुधार आउनुपर्ने मन्त्री इङ्नाले बताउनुभयो । उहाँका अनुसार कोही पनि सेवा ग्राहीलाई कर्मचारीले निराश पार्न हुँदैन । हुनसक्ने कामहरुमा निराश बनाउँदा पनि जनतामा निराशा चुलिएको छ । कर्मचारीतन्त्रले हुने काम  समयमै गरिदिनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply