काठमाडौंं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक बस्दै छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरकाे छ ।
त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान गरिसकेको समयमा जसपा बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर–महतो समूह सघाउने पक्षमा देखिएपनि उपेन्द्र यादव समूह भने यस विषयसँग सहमति देखिएको छैन ।
बैठकका बारेमा सबैलाई जानकारी गराइएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको नेताहरुले बताएका छन् ।