राष्ट्रपतिमाथि महाअभियोग लगाऔँ, नयाँ सरकार बनाऔं : विवेकशील साझा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राष्ट्रपतिमाथि महाअभियोग लगाऔँ, नयाँ सरकार बनाऔं : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा शुक्रबार जारी एक विज्ञप्तिमा राष्ट्रपतिलाई महाअभियोग लगाएर नयाँ सरकार गठनका लागि पहल गर्न आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको छ। प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम हो।’

वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता रहेको पार्टीले जनाएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘हाल विकराल बनेको कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध हो। संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन र ओलीको विकल्प दिन संसद्मा रहेका सबै विपक्षी दल तथा सांसदहरू एक ठाउँमा उभिनु अत्यन्त जरुरी छ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);