नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौंं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बोलाइएको हो ।

राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको कांग्रेसले बताएको छ ।

सोही सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।

यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);