निषेधाज्ञामा थप कडाई गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

निषेधाज्ञामा थप कडाई गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्न स्वास्थ्य मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई पत्राचार गरेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले सरकारले जारी गरेका मापदण्डलाई अझै कडाइ गर्न सीसीएमसीलाई आग्रह गरिएको बताएका छन् ।

संक्रमणको जोखिम कम गर्न उक्त ठाउँमा जारी आदेशलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको समेत गौतमले बताए। बुधबारसम्म मुलुकका ७२ जिल्लामा भाइरस रोकथामका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

Leave a Reply