पाल्पा । दिनहुँ बढिरहेको कोरोना संक्रमणका कारण पाल्पाका १० वटै स्थानीय तहले कोरोना अस्पताल र अक्सिजन सहितको आईसोलेसन निर्माणमा जुटेका छन् ।
देशका अधिकांश अस्पतालहरुमा कोरोनाका बिरामीहरुले बेड नपाई छट्पटिरहेका कारण पाल्पाका स्थानीय सरकारले चिकित्सकसहितको कोभिड अस्पताल तथा आईसोलेसन सेन्टर संचालनमा ल्याएका हुन् ।