एजेन्सी । कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल पुन: बढाइएको छ ।
जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटो क्षेत्रमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पु-याएको हो । जापानमा टोकियो ओलम्पिक हुन ३ महिना बाँकी रहँदा विभिन्न शहरमा पुःन आपातकालको समयअवाधि बढाइएको हो ।
टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको बताएका छन् । संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक हुने नहुनेमा अन्योल बढेको बीबीसीले जनाएको छ ।
कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो ।