एयर बबलबाट नेपाल आउने भारतीय नागरिकलाई १० दिन होटलमा क्वारेन्टाइन बस्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

एयर बबलबाट नेपाल आउने भारतीय नागरिकलाई १० दिन होटलमा क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयर बबल सुविधाबाट नेपाल आउने भारतीय नागरिकलाई अनिवार्य १० दिन होटलमा क्वारेन्टिनमा बस्न निर्देशन जारी गरेको छ । पर्यटन मन्त्रालयले भारतीय यात्रु बस्नका लागि ८ वटा होटल पनि व्यवस्था गरेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले भारतीय नागरिकलाई क्वारेन्टाइनका लागि छुट्याएका होटलमा भ्यू भृकुटी गोदावारी, माधव होटल गुहेश्वरी एयरपोर्ट होटल, आमाडब्लम होटल गौशला, रिड्र्स होटल गौशाला, आनन्द आश्रम गौशाला, फार्म हाउस रिसोर्ट जगाती, २४, एवान रिसोर्ट जगती छन् ।

यी होटलमा भारतीय यात्रुलाई एयरपोर्टबाट होटलसम्म पुग्ने र खाना खानेको समेत व्यवस्था गरिएको मनत्रालयले जनाएको छ । यात्रुले खान, बस्न, (लन्च र डिनर) सहित दिनको ३ हजार रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।

यसमा नेपाल वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा पर्यटन बोर्डले यात्रु विवरण लिएर प्रत्येक उडानका यात्रुलाई होटलसम्म पु¥याउन व्यवस्था गरेको जनाएको छ । स्वास्थ मापदण्ड पालना नगरिएका भेटिएमा नेपाल सरकारले संक्रामण रोग ऐन २०२० बमोजिम कारवाही गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);