पर्सामा पछिल्लो २४ घण्टामा १ सय ९ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

पर्सामा पछिल्लो २४ घण्टामा १ सय ९ संक्रमित

नितेश कर्ण,
पर्सा । पर्सामा पछिल्लो २४ घण्टा मा १ सय ९ कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।

पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित १ सय ९२ जनाको थ्रोट स्वाबको नमुना मध्ये परीक्षण गर्दा १ सय ४५ मा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये बाराका २६ जना, रौतहटका ६ जना, सर्लाहीका ३ जना र महोत्तरीका १ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

१८ वर्षदेखि ६८ वर्ष उमेर समूहका कोरोना संक्रमित व्यक्ति थपिएको प्रवक्ता दासले बताएका छन् । प्रवक्ता दासका अनुसार उनीहरुको सिटि भ्यालु १४.५ देखि ३४.८ सम्म रहेको छ । पर्साको बहुदरामाई, छिपहरमाई, कालिकामाई, सखुवाप्रसौनी गाउँपालिका र अधिकांश संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका रहेका छन् ।

यस्तै आइतबार बिहान पर्सामा २ संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी ६८ वर्षीय वृद्धको मृत्यु भएको हो । २ दिन अगाडी पीसीआर रिपोर्ट पोजेटिभ आएका बृद्धलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।

गम्भीर किसिमको निमोनियासहित दीर्घ रोगीसमेत रहेका बृद्धको आइतबार बिहान १ बजे मृत्यु भएको थियो भने अर्को आजै बिहान ९ः५५ मा छिपहरमाई–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई आज बिहान नै अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

एन्टिजेन परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता दास ले बताएका छन् । निमोनियाका कारण दुवै फोक्सोले काम गर्न छाडेपछि उनको मृत्यु भएको दासले बताएका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित नारायणी अस्पतालमा भर्ना भएका छन् । सोही अवधिमा ५ जना संक्रमित डिस्चार्ज भएका छन् भने १ जनालाई रिफर गरिएको नारायणी अस्पतालका चिकित्सक डा. सरोज सिँहले जानकारी दिए ।

हाल नारायणी अस्पतालमा ६३ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);