एजेन्सी । इंग्लिश क्लब मेनचेस्टर युनाइटेड र चेल्सीले रंगभेदी म्यासेज पठाएको भन्दै समर्थकमाथि प्रतिबन्ध लगाएको छ । टोटेनह्यामका स्ट्राइकर सन हिउङ मिनमाथि रंगभेदी टिप्पणी गरिएको लिस्टमा परेका २ अफिसियल सदस्यलाई समेत युनाइटेडले कामबाट निष्कासन गरेको बताएको छ ।
चेल्सीले साम मोल नाम गरेको एक व्यक्तिलाई अदालतको फैसलापछि प्रतिबन्ध लगाएको छ । शुक्रवार म्यान युनाइटेडले गरेको सर्वेक्षणमा खेलाडीलाई लक्षित गरि ३ सय ५० प्रतिशतका दरले गलत म्यासेज आउने गरेको देखिएको छ भने त्यसमध्ये ८६ प्रतिशत रंगभेदी टिप्पणी हुने गरेको देखिएको छ ।