तोकिएकै मितिमा निर्वाचन हुनेछ: निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, २७ असोज ।  निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने दृढता व्यक्त गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका नेतृत्वसँग शुक्रबार सामुहिक भेटगरी दुवै तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग कटिवद्ध, प्रतिवद्ध र दृढ रहेको बताए । आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । सरकारले सोही निर्वाचनको मिति हेरफेर गर्ने आशंका भईरहेका बेला प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने पुनः प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचनका लागि आयोगले केन्द्रिय स्तरमा गर्नुपर्ने ७५ प्रतिशत भन्दा बढि तयारी पूरा गरेको जानकारी पनि गराए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढंगले सम्पन्न गराउन सरकार र राजनीतिक दलहरुको साथ रहने विश्वास पनि व्यक्त गरे ।

राजनीतिक दलहरुले आगामी आईतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचि पेश गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । प्रमुख निर्वाचन आयुक्त यादवले घोषित निर्वाचन कार्यतालिका अनुसार अघि बढन पनि राजनीतिक दलहरुलाई सचेत गराए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);