मौसममा आंशिकदेखि सामान्य बदली रही रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मौसममा आंशिकदेखि सामान्य बदली रही रहने

काठमाडौं, २६ चैत। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने जनाएको छ ।

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

अहिले देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुंवालो लागेको अवस्था छ । बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि समान्य रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति पनि देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडी भूभागका केही स्थानहरुमा तुंवालो लागेकोले सोबाट समेत बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);