पहाडी भूभागमा हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पहाडी भूभागमा हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना


काठमाडौं, २७ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको अवस्था छ ।

आज दिउँसो भने प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराईका केही भूभागहरुमा हल्का तुंवालो समेत लाग्न सक्ने सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङका साथसाथै हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा तुंवालो समेत लाग्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);