नेप्से सूचक ४२ दशमलव ९५ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

नेप्से सूचक ४२ दशमलव ९५ अंकले बढ्यो

stock_exchange_nepse-e1528283604277

काठमाडौं, ५ चैत । साताको पहिलो दिनबाटै लगानीकर्तालाई निराश बनाएको शेयर बजार बुधबारबाट भने केही आशाजनक बनेको छ । यो क्रम बिहीबारको कारोवारमा पनि निरन्तर नै रह्यो ।

बिगत केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा मंगलबार नगन्य सुधार देखिएको भएपनि बुधबार नेप्से सूचकमा ४० अंकले वृद्धि भएकोमा आज बिहीबारको कारोवारमा नेप्से सूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९ मा अडिएको छ ।

बिहीबार कारोबार खुलेसँगै बढेको नेप्सेले केही समय लगत्तै घट्ने संकेत दिएपनि बजार खेलेको आधाघण्टा पछिनै कारोबारले उकालो यात्रा शुरु गरेको थियो ।

बिहीबारको कारोबारमा ग्रीन लाइफ र युनाइटेड मोदीले आफ्नो सेयर मूल्यमा १० प्रतिशतको वृद्धि पाएका छन् । यसैगरि चन्द्रागिरी र नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । यस्त व्यापार समूह सूचक बाहेक अन्य सबै सूचक बढेको छ ।

बिहीबार सबैभन्दा बढि शेयर कारोवार नेपाल बंगलादेश बैंकको ७६ करोड ७६लाख रुपैयाँ बराबर भएको छ भने नेपाल इन्फ्रास्चर बैंकको २१ करोड ६२ लाख बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply