चिन भारतको सबैभन्दा ठुलो ब्यापारिक हिस्सेदार | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

चिन भारतको सबैभन्दा ठुलो ब्यापारिक हिस्सेदार

एजेन्सी, १२ फागुन । भारत र चिनबिच बिगत केही समय अघिसम्म कटुतापुर्ण सम्बन्ध रहेको थियो । जतिबेला दुबै देशको सम्बन्धमा चिसुोपन थियो त्यहीबेले देखिनै चिनले आफुलाई भारतको प्रमुख व्यापारिक साझेदारका रुपमा आफुलाई स्थापित गरेको थियो ।

सन् २०२० को उत्तराध्र्दबाट दुबै देशबिच सीमामा देखिएको विवादकै भारतले टिकटक र वीच्याटसहित २२० चिनियाँ प्राविधिक एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । भारत सरकारले ती एपहरुले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने बताउँदै बन्द गरेको थियो । यसैगरि देशब्यापी रुपमा चिनियाँ सामानहरु पनि बहिस्कार गर्ने लहर नै चलेको थियो । चिनियाँ समान र प्रविधिमाथी प्रतिबन्ध लागिरहँदा पनि यी दुई छिमेकीबीच सन् २०२० मा ७७.७ अर्ब डलर बराबरको कारोबार भएको थियो ।

यद्यपि सन् २०२० को यो ब्यापारिक तथ्यांक अघिल्लो वर्षको भन्दा कम भए पनि चीनलाई भारतको सबैभन्दा ठूलो व्यापारिक पार्टनर बनाउन पर्याप्त रहेको भारतीय वाणिज्य मन्त्रालयले जनाएको छ । कोरोना माहामारीका कारण प्यान्डेमिकको कारण विश्वव्यापी व्यापारको प्रवाहमा परेको असर यि दुई देशबिचको ब्यापारमा नपरेको हैन । तर, पछिल्लो चरणमा भारतमा चिन निर्मित स्वास्थ उपकरण र आपूर्तिको माग भने बढ्दै गएको छ ।

आफुलाई आत्मनिर्भर बनाउने र चिनसँगको ब्यापारिक हिस्सेदारी कम गर्दै जाने रणनीति भारतको रहेपनि उ अझैपनि ठुला औद्योगिक तथा निर्माण सम्बन्धि मेसिनरी, टेलिकम उपकरण र घरेलु सामानहरुमा चीनमै पूर्ण निर्भर रहेको छ । भारतले चीनबाट ५८.७ अर्ब डलर बराबको सामान आयात गरेको उल्लेख छ, यो रकम भनेको अमेरिका र यूएईसँग भारतको ब्यापार रकमभन्दा बढी हो । यसरी हेर्दा भारतको अन्तराष्ट्रिय ब्यापारमा अमेरिका र युएईभन्दा चीन अगाडि देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);