नेदरल्याण्डमा कोरोना संक्रमण बढ्दै गएपछि निशेधाज्ञाको अवधि बढाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नेदरल्याण्डमा कोरोना संक्रमण बढ्दै गएपछि निशेधाज्ञाको अवधि बढाइयो

एजेन्सी, १२ फागुन । नेदरल्याण्ड सरकारले कोरोना संक्रमण बढ्दै गएपछि त्यहाँ लगाईएको निशेधाज्ञाको अवधि बढाइएको छ । नेदरल्याण्डका सरकारी अधिकारीहरुले देशमा दोश्रो लहरको कोरोना भाईरसको प्रकोप बढेसँगै कर्फ्यूको समयावधि बढाएको छ ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले आगामी मार्च ३ तारिखदेखि अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने पनि बताउनु भएको छ । उनले, प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय बढाउने जानकारी दिएका छन् । नेदरल्याण्डका कतिपय स्थानमा विभिन्न समयमा कर्फ्यूको घोषणा गरिएको छ ।

सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याइने भएको छ । नेदरल्याण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यू लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कर्फ्यूको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);