बागलुङ कालीका भगवती मन्दिरमा भक्तजनको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

बागलुङ कालीका भगवती मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ , ३ फागुन । कोभिडका कारण लामो समय बन्द अबस्थामा रहेका धार्मिक क्षेत्र लगायतका मठमन्दिरहरु खुलेपछि यतिबेला गण्डकी प्रदेशको कालीका भगवति मन्दिरमा दर्शनका लागि भक्तजनको घुुँईचो लागेको छ ।

विगत ९ महिना देखि बन्द रहेको मन्दिर खुलेपछि टाढाटाढा बाट दर्शनका लागि भक्तजनहरु कालीका मन्दिर पुुग्ने गरेकाछन । कोभिडको जोखिम कायमै रहेको भन्दै मन्दिर ब्यबस्थापनले मन्दिरका विभिन्न ठाउँहरुमा सचेतनामुुलक बोर्डहरु राखिएकाछन भने समाजिक दरी काउम गरि पूुजा अर्चनाका लागि प्रवन्ध मिलाएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा दर्शनार्थीहरुको चहलपहल बढेपछि फुल प्रसादको पनि विक्रि बढेकोमा ब्यापारीहरुले बताएकाछन । मनले चिताएको इच्छा आकांक्षा पूरा हुने विश्वास भएकाले पनि कालीका भगवती मन्दिरमा काठमाडौ पोखरा, चितवन, स्याङ्जा, लगायतका देशका विभिन्न भागहरु बाट समेत दर्शनका लगी भक्तजनहरु आउने गरेकाछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);