प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको सहज जित | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको सहज जित

एजेन्सी, २१ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ९–० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

सुरुमै १० खेलाडीमा सीमित भएको साउथह्याम्पटन अन्तिमको केही समय ९ खेलाडीमा समेटियएको थियो । पहिलो हाफमा ४ गोलको अग्रता लिएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा थप ५ गोल गर्न सफल रह्यो ।

म्यानचेस्टर लागि एन्थोनी मार्सलले ६९ र ९० औँ मिनेटमा गरि दुई गोल गरे । वान–बिसाकाले १८ औँ, मार्कस रासफोर्डले २५ औँ, एडिन्सन काभानीले ३९ औँ, स्कट म्याकटोमिनीले ७१ औँ, ब्रूनो फेर्नान्डेसले ८७ औँ तथा ड्यान जेम्सले इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे ।

यस्तै बेड्नारिकले ३४ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । कीर्तिमानी जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४४ अंक भएको छ ।

Leave a Reply