लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

pakrau

झापा, १२ माघ । प्रहरीले झापाका तीन स्थानबाट लागुऔषध कारोबारमा संलग्न रहेका चार जनालाइ पक्राउ गरेको छ । उनिहरुलाई झापाको बिर्तामोड, बुटाबारी तथा अर्जुनधाराबाट लागुऔषध सहित पक्राउ गरेको हो । विर्तामोडबाट खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन ।

सो क्रममा दुई जनालाई बुटाबारीबाट र एक जनालाई भद्रपुर रोडबाट पक्राउ पक्राउ गरेको हो । बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड–६ का २० बर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ बर्षीय रुपेश गुरुङ रहेका छन् ।

उनिहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । त्यस्तै भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका–५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन् ।

उनी १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका हुन् । उनीहरुलाई विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको हो ।

यस्तै आईतबार नै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ मगर चोक क्षेत्रबाट एक केजी २०० ग्राम गाँजा सहित बुद्धशान्ती–१ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ । उनिहरुमाथी थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);