‘नबिल किताब जात्रा–२०७७’ माघ १७ गते देखि आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘नबिल किताब जात्रा–२०७७’ माघ १७ गते देखि आयोजना हुने

काठमाडौं, ११ माघ । माघ १७ गते देखि ‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुने भएको छ । किताब जात्रा फाउन्डेसनले माघ १७ गते देखि एक साता लामो ‘नबिल किताब जात्रा, २०७७’ आयोजना गर्न लागेको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरी फाउण्डेशनले माघ १७ गते शनिबार देखि माघ २३ गते शुक्रबार सम्म किताब जात्रा सञ्चालन हुने बताएको हो ।

‘कोभिड–१९’ जोखिमका कारण यस वर्षको किताब जात्रा विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट प्रशारण गर्न लागिएको ‘नबिल किताब जात्रा–२०७७’का निर्देशक ऋषिराम अधिकारीले बताउनुभयो । कार्यक्रममा भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका क्षेत्रका व्यक्तित्वहरु समावेश भएका सात वटा सेसनहरु रहने छन् । 

नबिल किताब जात्राको अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई ‘प्रेम साहित्य सम्मान’ प्रदान गरिने आयोजकले बताएको छ । यस्तै अनलाइन बुकसेलिङ् प्लयाटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रा.लि.ले आफ्नो प्लाटफर्म मार्फत सर्वाधिक विक्री भएको पुस्तकलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ दिने घोषणा गर्ने भएको छ ।

गत वर्ष यो अवार्ड आख्यानकार अमर न्यौपाने द्धारा लिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);