प्रदिप भट्टाराई ले कारो फिल्म्स ले लिएको लू उपन्यासमा फिल्म निर्देशन गर्दै। (Classic tech) | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

प्रदिप भट्टाराई ले कारो फिल्म्स ले लिएको लू उपन्यासमा फिल्म निर्देशन गर्दै। (Classic tech)

काठमाडौं। कारो फिल्म्स् ब्यानर ले नयन राज पाण्डे को चर्चित ” लू “उपन्यासमा फिल्म बनाउन लागेको हो। यसको निर्देशन प्रदिप भट्टराई ले गर्ने भएका छन्। निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई  बीच फिल्म निर्माण गर्ने सहमति पत्रमा  हस्ताक्षर भएको छ। निर्देशक भट्टराई ले जात्रा , जत्रै जात्रा , सत्रु घते जस्ता उत्कृष्ट सफल  फिल्म को निर्देशन तथा निर्माण गरेका छन्।  “‘लू’ उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो र यो उपन्यास पढाई मा जति रोमान्चक छ फिल्म हेर्दा पनि तेतिकै नै मज्जा आउने भएको छ। एउटा पुरा प्याकेज बन्ने छ।राम्रो  सेन्स अफ ह्युमर भएको यो उपन्यास मा बच्चा देखि बृद्धा ले हेर्ने मिल्ने छ। यसमा नेपाल र भारत को सिमा को पनि बिषय उठेको छ। दर्शकलाई  मनपर्ने कथा , बिषय, ह्युमर   सबै उपन्यास ले समेटेको छ।

यो कारो  फिल्म्स ब्यानरको मुख्य उद्देश्य नेपाली  फिल्मलाई  अर्को उचाई मा लाने कम्पनी को धारणा  छ र एस्तो नेपाल को बिसय बस्तु पनि संसार ले हेर्नु पर्ने भन्ने भनाइ छ।  साथै कारो फिल्म्स ले यो लगायत अरु पनि  बिग बजेट फिल्म्स  बनाउने छ।

Leave a Reply

ताजा समाचार