संसद् बैठक अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

संसद् बैठक अन्योलमा

karnali pradesh

सुर्खेत, १० कात्तिक ।  झन्डै दुई महिनापछि असोज २३ गते बसेको कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताब तथा मन्त्री र सांसदको सेवा–सुविधासम्बन्धी विधेयकको माग गर्दै संसद् अवरुद्ध गर्‍यो।

संसद् बैठक सञ्चालनका लागि पाँच पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो। बैठकमा सत्तारुढ र प्रतिपक्षीबीच सहमति नहुँदा संसद् सचिवालयले दुईपटक सूचना टाँस गरेरै संसद बैठक स्थगित गरिसकेको छ। संसद् सचिवालयले कात्तिक ११ का लागि संसद् बैठक आह्वान गरेको छ।

प्रतिपक्षीले उठाएका दुईवटै माग ११ गतेसम्म पूरा हुने देखिँदैन। सातवटा मन्त्रालय रहेको कर्णाली प्रदेशमा भौतिक पूर्वाधार बाहेकका मन्त्रालयले छुट्टाछुट्टै रातो किताब तयार गरेर संसद् सचिवालयमा बुझाएका छन् । भौतिक पूर्वाधार मन्त्रालयले भने यससम्बन्धी काम अघि बढाउन सकेको छैन।

योजनागत बजेट छुट्याउने विषयमा मन्त्री खड्ग खत्रीले कुनै चासो नदिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्। ‘संसद बैठक नजिकिँदैछ, हाम्रोमा डल्लो बजेट फुटाउने तयारी नै भएको छैन,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रीले नै चासो नदिएपछि हामीले मात्रै चाहेर कहाँ हुन्छ?’

सरकारले सबै मन्त्रालयको संयुक्त रातो किताब सार्वजनिक गर्ने तयारी गरेको थियो । भौतिक पूर्वाधार मन्त्रालयको ‘असहयोग’का कारण सबै मन्त्रालयहरूले छुट्टाछुट्टै योजनागत बजेट आ–आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरे। कांग्रेसले रातो किताब माग्दै संसद अवरुद्ध गरेपछि अन्य मन्त्रालयले छुट्टाछुट्टै रातो किताब छपाएर संसद् सचिवालयमा बुझाएका छन् । ‘एउटा मन्त्रालयका कारण सिंगो सरकारमाथि आम जनताले प्रश्न उठाउन थालेका छन्,’ एक मन्त्रीले भने, ‘यसले सरकारनै असफल देखिन थालेको छ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);