चार दिने भ्रमण सकेर फर्कियो चिनियाँ टोली | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

चार दिने भ्रमण सकेर फर्कियो चिनियाँ टोली

काठमाडौँ १५ पुष। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको नेतृत्वको चार सदस्यीय टोली चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ ।हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली बुधबार चीन फर्किएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद बढ्दै गएको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री येझाउको टोली काठमाडौं आएको थियो । नेपाल भ्रमणका क्रममा चिनियाँ टोलीले अझै पनि मिल्न सक्ने ठाउँ छ भने मिल्नका लागि नेकपाका नेताहरुलाई आग्रह गरेको बताइएको छ । तर चिनियाँ टोलीले भने यी भनाईहरुको खण्डन गरेको छ ।

नेपाल–चीन सहयोग, कोरोना महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदानलगायत विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको उनीहरुले स्पष्ट पारेका छन् । टोली नेपालमा आएसँगै सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको थियो भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको थियो । यस्तै टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईलगायतसँग छलफल गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);