चिनियाँ उच्चस्तरीय टोलीद्वारा कांग्रेस सभापति देउवासँग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

चिनियाँ उच्चस्तरीय टोलीद्वारा कांग्रेस सभापति देउवासँग भेटवार्ता

काठमाडौं, १४ पुष । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यचौंको टोलीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेको छ ।

चिनियाँ टोलीले देउवा निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेको हो । भेटवार्तामा चिनियाँ टोली र देउवाबीच दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको बताइएको छ ।

सभापति देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेको उपलक्ष्यमा शुभकामना दिनुभएको पनि बताइएको छ । कम्युनिस्ट पार्टीको सय वर्ष पुगेको उपलक्ष्यमा चीनमा आयोजना हुने सभामा सभापति देउवालाई चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन भ्रमणको निम्तोसमेत दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);