काठमाडौं, १० पुष । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको बुझिएको छ । त्यस्तै तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने तीन मन्त्रीमा अरुण नेपाल, युवराज दुलाल र शालिकराम जमकट्टेल रहेका छन् ।
