काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गर्नुभएको छ ।
बिहीबार नेपालमा आउनुभएका उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री ओलीलाई भेट्नुअघि भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नुभएको थियो ।
बिहीबार काठमाडौं आइपुग्नासाथ भारतीय विदेश सचिव श्रृंगला नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो ।
विदेश सचिव श्रृंगलाले बिहीबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव शुक्रबार गोरखा जाने कार्यक्रम रहेको छ।