एजेन्सी, ३ मंसिर । युरोपीयन फुटबल एसोसिएसन यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले जर्मनीमाथि ६ –० गोल अन्तरको सानदार जित निकालेको छ ।
लिग ’ए’ को समूह डीको खेलमा फेरान टोरेसको ह्याट्रिकसंगै स्पेनले जर्मनीलाई माथि ६ –० गोलको फराकीलो अन्तरबाट हराएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा स्पेनका अल्भारो मोराटा,रोड्री र मिकेल ओयार्जाबालले पनि एक एक गोल गरे ।जितसँगै स्पेन लिग ’ए’ को समूह डीबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्पेनले ६ खेलमा ११ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रहदै अघिल्लो चरणमा स्थान बनाएको हो ।जर्मनी भने सेमिफाइनल पुग्नबाट बन्चित भएको छ । जर्मनीले ९ अंक जोड्यो ।यस समूहकै अर्को खेल भने स्थगित भएको छ । खेलाडीमा कोरोना देखिएपछि युक्रेन र स्विट्जरल्यान्डबीचको खेल स्थगित भएको हो ।