काठमाडौं, १४ असोज । वैदेशिक रोजगार कार्यालय ताहाचलको सबै सेवा बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको सबै सेवा बन्द भएको हो ।
कार्यालयमा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृति दिने काम बन्दगरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताउनुभयो ।