साउदीको नेपाली दूतावासमा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवा स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साउदीको नेपाली दूतावासमा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवा स्थगित

एजेन्सी। साउदीमा रहेको नेपाली दूतावासमा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवाहरु बन्द गरिएको छ ।

नेपाली दूतावासमा यसअघिको पनि दुई जना कर्मचारीमा कोरोना संक्रमण हुँदा ३ दिनका लागी सम्पूर्ण सेवाहरू बन्द गरिएको दूतावासले जनाएको छ ।

भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरिए पनि दूतावासले जारी गरी सूचनामा उल्लेख गर्दै अत्यावश्यक काम परेमा फोनमार्फत सम्बन्धित कर्मचारीलाई सिधा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासमा बिहान ९ देखि बेलुका ४ बजेसम्म ल्याण्डलाइन नं ०११४६१११०८ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

l

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);