काठमाडौं, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी एकता पछि पहिलो पटक सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको हो । बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा महाधिवेशन तयारीको विषयमा समेत छलफल हुने जनाइएको छ ।