अफगानिस्तानका उपराष्ट्रपति लक्षित गरी काबुलमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अफगानिस्तानका उपराष्ट्रपति लक्षित गरी काबुलमा बम विस्फोट

१० जनाको मृत्यु, १५ जना घाइते

एजेन्सी, २४ भदौ । अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरी काबुलमा बम विस्फोट भएको छ । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा उपराष्ट्रपति सालेहलाई लक्षित गरी बुधवार बिहान बम विस्फोट गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विस्फोटमा उपराष्ट्रपति सालेह भने सुरक्षित रहनु भएको छ । विस्फोटमा परी १० सर्वसाधारणको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

विस्फोट पछि उपराष्ट्रपति सालेहले फेसबुकमा भिडियो पोष्ट गर्दै आफु सुरक्षित भएको तर उहाँका सुरक्षाकर्मी घाइते भएको जानकारी गराउनु भएको छ । भिडियोमा उहाँको देबे्र हातमा पट्टी बाँधिएको छ । उहाँले भिडियो मार्फत् कार्यालय जाने क्रममा आफुमाथि हमला भएको र उहाँको हात र अनुहार केही जलेको बताउनु भयो ।

उहाँले आफु सँगै कारमा रहेका आफ्ना छोरा पनि सुरक्षित भएको जानकारी गराउनु भयो । तालिबानका प्रखर आलोचक रहेका पूर्वगुप्तचर प्रमुख सालेहमाथि धेरैपटक प्राणघातक आक्रमण भएका छन् । उहाँ भने प्रत्येक पटक बच्दै आउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);