काठमाडौं, २३ भाद्र । पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ ।
रेल विभागले आज सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया तोडेको जनाएको हो ।सूचनामा विड नम्बर २/२०७६/७७ र ३/२०७६/७७ का दुई बोलपत्र रद्ध गरिएको उल्लेख छ ।
यो ठेक्कामा सत्तामा पहुँच पुगेका व्यक्ति, निर्माण व्यवसायी, अख्तियार, सार्वजनिक लेखा र विकास समिति र कर्मचारीको मिलेमतो गरी १० अर्ब अनियमितता गर्न खोजेको आरोप लाग्दै आएको थियो।
विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्याकबेड बनाउन बोलपत्र आह्वान गरेको थियो ।