अस्पताल सिल गरिएको १२ दिनपछि पुनः सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

अस्पताल सिल गरिएको १२ दिनपछि पुनः सञ्चालनमा

मोरङ, १९ साउन । मोरङस्थित विराटनगर अस्पताल सिल गरिएको १२ दिनपछि पुनः सञ्चालनमा आएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै आकस्मिक सेवासहितका सेवा सञ्चालनमा आएको जनाएको हो ।

तर ओपीडी सेवा भने केही दिनपछि मात्रै सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि विराटनगर महानगरपालिकाले सुरक्षाका लागि गत साउन ८ गतेबाट अस्पताल सिल गरेको थियो ।

अस्पतालमा ४८ घण्टा ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाइएको पाइएपछि मात्र विराटनगर महानगरपालिकाले संचालनको अनुमति दिएको हो । यसअघि महानगरपालिकाको जनस्वास्थ्य टोलीले अस्पतालको सबै वार्डको अनुगमन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);