हर्मज जलडमरूमा इरानविरुद्ध नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

हर्मज जलडमरूमा इरानविरुद्ध नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हर्मज जलडमरूमा इरानविरुद्ध पुनः नौसैनिक नाकाबन्दी गर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यसको जानकारी दिँदै राष्ट्रपति ट्रम्पले यस कदमलाई ‘इरानी नाकाबन्दी’ को संज्ञा दिनुभएको छ । उहाँकाअनुसार यो नाकाबन्दीले विशेष रूपमा इरानी जहाजहरू र इरानका ग्राहकहरूलाई मात्र आवतजावतमा रोक लगाउनेछ । यसका साथै, ट्रम्पले संयुक्त राज्य अमेरिकाले हर्मज जलडमरूको ‘रक्षक’ को रूपमा भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले उक्त रणनीतिक जलमार्गबाट ढुवानी हुने सबै कार्गोमा २० प्रतिशत महशुल लगाइने समेत दाबी गर्नुभएको छ । उक्त महसुलबाट संकलित रकम विश्वको यस अत्यन्तै संवेदनशील क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न आवश्यक खर्चका रूपमा प्रयोग गरिने उहाँको भनाइ छ ।
‘यो प्रक्रिया र संरचना निर्माणको कार्य तत्कालै शुरु गरिनेछ’ ट्रम्पले उल्लेख गर्नुभएको छ ।
पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो तनाव र सुरक्षा चिन्ताका कारण हर्मज जलडमरूमा जहाजहरूको आवतजावतमा उल्लेख्य गिरावट आएको छ । सामुन्द्रिक तथ्याङ्क फर्म ‘केप्लर’ का अनुसार गत आइतबार उक्त जलमार्गबाट १४ वटा जहाजले मात्र पार गरेका थिए, जुन पछिल्लो एक महिनायताकै सबैभन्दा कम सङ्ख्या हो ।

Leave a Reply