नयाँ नोट साट्न सर्वसाधरणलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

काठमाण्डौँ, ४ भदौ । दसैँका लागि नयाँ नोट साट्न सर्वसाधरण प्रत्येक वर्ष सास्ती झेल्न बाध्य छन् । विगतका वर्षझै यसवर्ष पनि नयाँ नोट साट्न घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यताबाट सर्वसाधरणले मुक्ति पाउन सकेका छैनन् ।

विजयादशमी र नयाँ नोट सर्वसाधरणका लागि अविछिन्न बन्दै गएको छ । विजयादशमीका समयमा टिका जमरासँगै दक्षिणास्वरुप दिइने भएकाले यो पर्वमा नयाँ नोट चाहिन्छ । तर नयाँ नोट प्राप्त गर्न भने सर्वसाधरणलाइ हरेक वर्ष जस्तो यस वर्ष पनि निक्कै सास्ती वेहोर्नु परेको छ । राजधानीको थापाथली स्थित नेपाल राष्ट्र वैंक राष्ट्र ऋण व्यवस्थापन विभागको कार्यलयमा नयाँ नोट साट्न चार घण्टासम्म लाइन वस्नु परेपछि सर्वसाधरण आक्रोशित देखिएका थिए ।

अघिल्ला वर्षहरुकै नियती दोहोरिए पछि नयाँ नोट साट्न केन्द्रीय बैंकसम्म पुगेका कतिपय सर्वसाधरण दिउँसो दुइ बजे नै टिकटमा रोक लगाइएको भन्दै रित्तै फर्किन वाध्य हुने गरेका छन् ।

अघिल्ला वर्षहरुवाट पाठ सिक्दै राष्ट्र बैंकले सरकारी स्वामित्वका वाणिज्य वैक र कृषी विकास वैकका शाखाबाट समेत नयाँ नोट सटहीको व्यवस्था गरेको छ । राष्ट्र बंैकले यस वर्षको नयाँ अनुभवले आगामी वर्ष सहयोग पुग्ने जनाएको छ ।

भदौ २१ गतेबाट सुरु भएको नयाँ नोट सटहीमा अहिले सम्म १२ अर्ब रुपैयाँ वरावर कारोवार भइसकेको छ । तर नयाँ नोटका लागि दिनभरी सबै काम छाडेर लाइन बस्न बाध्य भएका सर्वसाधरण भने निकै रुष्ट छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);