नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने : भारतीय रक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने : भारतीय रक्षामन्त्री

एजेन्सी,१ असार । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताउनु भएको छ । भारतीय जनता पार्टीद्वारा उत्तराखण्डमा आयोजित ‘जन संवाद’ कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताउनु भयाे । लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई संवादबाटै हल गरिने उहाँको भनाइ छ ।

उहाँले भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेकोे बताउनु भयो । भारतीय रक्षामन्त्री सिंहले गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो पराक्रमको परिचय दिने गरेको भन्दै नेपालसँगको सम्बन्ध बिग्रन नसक्ने उल्लेख गर्नु भयो ।

भारतीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता हुन नसक्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालसँगको गहिरो सम्बन्ध भएका कारण सबै समस्याको उपाय संवादमार्फत गर्ने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);