संविधानमा लेखेर मात्रै विभेदको अन्त्य हुँदैन : रवीन्द्र मिश्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संविधानमा लेखेर मात्रै विभेदको अन्त्य हुँदैन : रवीन्द्र मिश्र

rabindra dalit

काठमाडौं, ३२ जेठ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताउनुभएको छ । पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताउनुभएको हो ।

संयोजक मिश्रले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभयो । सरकारले विभेद भएका घटनाहरुमाथि छानविन गरी दोषिलाई कारबाही गर्न र सधैका लागि विभेद अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताउनुभयो ।

संयोजक मिश्रले आफ्ना छोराछारीलाई लुकाएर, पढाएर दलितवर्गका छोराछोरीलाई गोलि खुवाएर गरेको अन्दोलनले समेत विभेद अन्त्य गर्न नसेको बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधानमा लेखेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भनेर हामीले थाहा पाइसक्यौं । आन्दोलन गरेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भन्ने कुरा माओवादिहरुको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं । उहाँहरुले तपाइहरुकै नाममा राजनीति गरेको होइन दशदश वर्ष ? तपाईहरुलाई अग्रपंक्तिमा राखेर मर्न बाध्य तुल्याएको होइन ? आफ्ना छोराछोरीलाई लुकाएर पढाएर तपाइहरुका छोराछोरीलाई घिसारेर लगेर गोलि खुवाएको हो कि होइन ? त्यति हुँदाहुँदै आज यो स्थिति किन आयो ?

संयोजक मिश्रले गुणस्तरीय शिक्षासँगै मानिसहरुको सोचमा परिवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपस्थित हुन सक्ने क्षमता विकास भएमात्रै दलितमाथि हुँदै आएको विभेद अन्त्य हुने बताउनुभयो । यस्तै विभेद हुनुको दोष इतिहासलाई मात्र दिन नहुने उल्लेख गर्दै राजनीतिक नेतृत्वले यसको जिम्मेवारी लिनुपर्ने बताउनुभयो । संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरुले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफु विभेद गर्दिन अरुको विभेद सहन्न’, ‘यो देश दलितको पनि हो’, र ‘मान्छे हुन के के चाहिन्छ ?’ लेखिएका ब्यानरहरु लिएर प्रदर्शन गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);